काठमाण्डौ । सिद्धार्थ बैंकले बैशाख २७ गते शुक्रबार बर्दियाको बाँसगढीस्थित शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ। 
 
बैंकको बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका उपमेयरसुष्मा चौधरीबाट भएको थियो ।
 
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पस मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।