prime commercial bank
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएर ३४ करोड १७ लाखको उचाईमा पुर्याएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २५ करोड १० लाखमा सीमित थियो ।
बैंकले समीक्षा अवधिमा १० करोड ३१ लाख जोखिम व्यवस्थापनबाट राइट ब्याक गरेको छ भने समग्र व्यवसाय बिस्तारमा समेत ध्यान दिएको देखिन्छ । यहीकारण खूद ब्याज आम्दानीतर्फ पनि बैंकको प्रगति सन्तोषजनक नै छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३८ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर समीक्षा अवधिमा ४५ करोड १५ लाखको उचाईमा पुुगेको छ ।
कर्मचारी र अन्य व्यवस्थापन खर्च निकै धेरै बढ्दा समेत बैंकले नाफा बढाउन सक्नुुलाई सुखद पक्ष मान्न सकिन्छ ।
समीक्षा अवधिमा बैंकले ६८ अर्ब ५९ करोड निक्षेप संकलन गरी ५९ अर्ब ३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५२ अर्ब ४१ करोड निक्षेप संकलन गरी ४२ अर्ब ३४ करोड कर्जा परिचालन गरेको थियो ।
बैंकले जगेडाकोषलाई निकै मजबुत बनाएको छ । अघिल्लो वर्षसम्म यस्तो कोषमा २ अर्ब रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ३ अर्ब ४५ करोड पुुगेको छ ।
समीक्षा अवधिमा बैंकको निस्क्रिय कर्जा अनुपात चाहि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १.३२ प्रतिशत रहेको यस्तो कर्जा बढढेर १.३७ प्रतिशत पुुगेको छ । ४.२३ प्रतिशतमा सीमित रहेको कस्ट अफ फण्ड ८.२२ प्रतिशत पुुगेको छ ।
यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.६१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५५ गुणा कायम भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago