काठमाण्डौ । तरलता अभावको समस्याले अधिकांश लघुवित्त कम्पनीहरुको नाफा संकुचन भएको तिनीहरुको तेश्रो त्रैमासको वित्तीय विवरणबाट देखिइरहेको बेला रुरल माइक्रोफाइनान्सले भने कमालको प्रगति हासिल गर्दै  अधिकांश सूचकमा आफूलाई थप  मजबुत बनाएको छ । 

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर  लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १८ करोड ६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा यस्तो नाफा १४ करोड ३२ लाखमा सीमित थियो । 

रुरलले अन्य मुख्य सूचकमा समेत आफूलाई आमूल सुधार गर्दै लगेको देखिएको छ । 

व्यवसाय बिस्तारका कारण खूद ब्याज आम्दानी २३ करोड ५७ लाखबाट बढेर २९ करोडको उचाईमा पुगेको छ ।

यस्तै, कम्पनीको संचालन मुनाफा २२  करोड ५० लाखबाट बढेर २८ करोड ३८ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा ५ अर्ब ३१ करोड सापटी लिई ६ अर्ब ४० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५ अर्ब २ करोड सापटी लिई ५ अर्ब ७० करोड बढी कर्जा परिचालन गरेको थियो ।

रुरलले आफ्नो जगेडाकोषलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब २४ करोड रहेको कोषलाई १ अर्ब ३५ करोडको उचाई चुमाएको छ ।

कम्पनीले ०.०००२४ प्रतिशतमा सीमित खराब कर्जालाई असूलेर शून्य खराब कर्जाको बित्तीय संस्था बन्ने सफलता पाएको छ ।

कष्टअफ फण्ड ३.८० प्रतिशतबाट बढेर ७.५५ प्रतिशत पुगेको छ भने समीक्षा अवधिमा रुरलको प्रतिसेयर आम्दानी ३३.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २८६.७३ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात १८.२२ गुणा कायम भएको छ ।