काठमाण्डौ । करिब ३५ हजार नेपाली कामदार रहेको बहराइनमा एकैपटक ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित हुने नेपाली कामदारको संख्या २४५ पुगेको बहराइनस्थित नेपाली दूताबासले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
बहराइनमा रहेका नेपालीहरु एकैपटक यति ठूलो संख्यामा संक्रमित भएको यो पहिलो घटना हो । यसअघि त्यहाँका थप ३१ जना र त्यसअघि ७७ जनामा एकैपटक संक्रमण पुष्टि भएको थियो ।
दूताबासका अनुसार बहराइनमा कार्यरत आप्रवासी कामदारमध्ये भारत, बंगलादेश र पाकिस्तानपछि नेपाली धेरै संक्रमित भएका छन् । बहराइनमा हाल १९५० संक्रमितको उपचार भइरहेको छ भने १७६२ जना निको भएर घर फर्किसकेका छन् । बहराइनमा हालसम्म कोरोना संक्रमणका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपाली दूताबासका अनुसार बहराइनमा अबैधानिक रुपमा समेत नेपाली कार्यरत छन् । यस्ता आप्रबासीहरुलाई त्यहाँको सरकारले २०२० को अप्रील ७ बाट लागू हुने गरी बैधानिक हुन वा बहराइन छाड्न आगामी ३१ डिसेम्बरसम्म माफी दिने निर्णय गरिसकेको छ ।
नेपाली कामदारहरुलाई सूचना जारी गर्दै दूतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउन, ५ जना वा सोभन्दा कम संख्यामा मात्र भेला हुन, पार्क तथा पब्लिक बिचहरुमा घुम्न नपाइने जस्ता नियम लागू भएको प्रष्ट्याएको छ ।
बहराइन सरकारले संक्रमण प्रसार रोकथाममा थप प्रभावकारिताका लागि संक्रमितहरुले क्वारेन्टाइनको अवज्ञा गरेको पुष्टि भएमा ३ महिनासम्म जेल सजाय वा बहराइन डिनार १ हजारदेखि १० हजारसम्म जरीवाना वा दुवै सजाय हुने व्यवसथ समेत गरेको दूतावासले प्रष्ट्याएको छ ।
दूतावासका अनुसार एकैस्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छन् ।
अहिले बहराइनमा सेमिलकडाउन छ । कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम भइरहेको छ । बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago