काठमाण्डौ । सिद्धार्थ बैंकले बैशाख २९ गते आइतबार बाँकेको खजुरा स्थित शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । 
 
बैंकको खजुरा शाखाको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिबाट भएको बैंकले जनाएको छ । 
 
योसहित बैंकको हाल देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पस मेसिनको सञ्जाल रहेको छ ।