काठमाण्डौ । अमेरिकी राष्ट्रपति पदमा जो बाइडेन निर्वाचितभएसँगै विश्वभरका र अमेरिकी लगानीकर्ताले सकारात्मक प्रतिक्रिया जनाएका छन् । 

लगानीकर्ताले सकारातमक प्रतिक्रिया जनाएपछि सोमबार विश्व सेयर र अमेरिकी सेयर बजारमा वृद्धि देखिएको छ । जो बाइडेनको विजयलाई अमेरिकी र विश्वका लगानीकर्ताले राजनीतिक स्थिरताको रुपमा लिएका छन् । 

सोमबार डो फ्युचर्समा ४२४ अंकले बढेको छ । यस्तै एस एण्ड पि ५०० फ्युचर्स १.५ प्रतिशतले वृद्धि भएको छ भने नास्डक १०० फ्युचर्स पनि १.८ प्रतिशतले उकालो लागेको छ । 

यस्तै बेलायतको एफटिएसई १००(युकेएक्स) १.६ प्रतिशले वृद्धि भएको छ । सोमबार फ्रान्सको क्याक ४० पनि १.६ प्रतिशतले बढेको छ । त्यस्तै जर्मनीको डाक्समा पनि १.९ प्रतिशतको बढोत्तरी आएको छ ।