काठमाण्डौ । चीनको दिग्गज इन्टरनेट सर्च बाइडुले नयाँ बायोटेक कम्पनी स्थापना प्रयोजनका लागि २ बिलियन डलर उठाउन लगानीकर्ताहरुसँग छलफल प्रारम्भ गरेको छ।
यो नयाँ कम्पनी बाइडुको सब्सिडायरी कम्पनी नभई बेग्लै अस्तित्व भएको स्वतन्त्र कम्पनी हुनेछ। यसमा लगानी गर्नका लागि धरै लगानीकर्ताले चासो देखाएका छन्। कम्पनी स्थापनाको सुरुआती चरणमै भएकाले यसका बारेमा थप विवरण बाहिरिएको छैन।
नयाँ बायोटेक कम्पनी कृत्रिम बौद्धिकता, नयाँ औषधि विकास गर्न र क्यान्सरजस्ता रोगहरुको सुरुआती उपचार गर्नका लागि केन्द्रित हुनेछ। मेडिकल चित्रहरु स्क्यान गर्न र औषधिहरु मानिसले भन्दा चाँडो विकास गर्न शक्तिशाली अल्गोरिदमहरु प्रयोग गरिनेछ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago