काठमाण्डौ । बागमति सरसफाई अभियानको सफलतापूर्वक २ सयौं हप्ता पूरा गरेको अवसरमा नेपाल बैंकर्स एशोसिएसनले पनि ऐक्यबद्धता जनाएको छ । 

बागमती सरसफाई अभियान दुई सय साता पुगेको अवसरमा शनिबार एशोशिएसनले ब्यानरसहित बागमती किनारमा भेला भएर ऐक्यबद्धता जनाएको हो । 

संघका अध्यक्ष अनिलकेशरी शाहको नेतृत्वमा कुपण्डोलस्थित बागमती किनारमा पुगेका संघका पदाधिकारी तथा सदस्यहरु केहीबेर सरसफाईमा समेत सहभागी भएका थिए । त्यसपछि मुख्य कार्यक्रममा सहभागी हुन ब्यानरसहित शंखमुल पुगेका थिए । 

बागमती सभ्यतालाई संरक्षण गर्न आह्वान गर्दैै सरसफाई अभियानमा आफूहरुले निरन्तर ऐक्यबद्दता जनाइरहेको संघका अध्यक्ष शाहले  बताए ।