काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय बागलुङमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बागलुङ नगरपालिका–३ जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरको गत बुधबार बागलुङका प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले एक समारोहबीच उद्घाट्न गरे ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयावासी तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ३९ वटा एक्स्टेन्सन काउन्टर तथा १९ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।