काठमाण्डौ। भारतको प्रसिद्ध बाघ बकरी चिया कम्पनीका सञ्चालक पराग देसाईको कुकुरको टोकोइबाट मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कम्पनीका देसाईलाई गत अक्टोबर १५ मा भुस्याहा कुकुरले मनिंङवार्क जानेक्रममा टोकेको  थियो । कुकुरले टोकेपछि भाग्ने क्रममा उनी सडकमा चिप्लिएर लडेका थिए । लडेर टाउकोमा गम्भीर चोट लागेका उनलाई स्थानीय शेल्बी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

अवस्था नाजुक भएपछि थप उपचारका लागि हेबतपुर रोडस्थित अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी नेतृत्वको चिया कम्पनीले भारतका २४ वटा प्रदेश र विश्वका ६० वटा देशमा आफ्नो उत्पादन बिक्री गर्दै आएको छ ।

कम्पनीको वार्षिक टर्न ओभरमात्रै २ हजार करोड भारु  छ । उनी बाघ बकरी टी ग्रुपको प्रबन्ध सञ्चालक रसेस देसाईको छोरा हुन् ।- एजेन्सी