काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बालाजु चोक र पद्म कोलनी, सीतापाइलामा एटिएमहरु संचालनमा ल्याएको छ । 

पद्म कोलनी एटिएमको शुभारम्भ संचालक ज्योति कुमार बेगानी र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरे भने बालाजु एटिएमको शुभारम्भ बैंकका संचालकद्घय मालचन्द दुगड र ज्योतिकुमार बेगानीले संयुक्त रुपमा रिबन काटेर गरे ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ८९ वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लिमीटेड रहेको छ ।