काठमाण्डौ । माछापुच्छ«े बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत असार २० गते का.म.पा. ४ वडाको मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर, बैंकको बालुवाटार शाखादेखि भाटभटेनीसम्म वृक्षारोपण गरेको छ ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन प्रगतिशिल धारा सुधार समितिसँगको सहकार्यमा उक्त वृक्षारोपणकार्यक्रम सम्पन्न गरेको हो ।

उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका थिए । माछापुच्छ«े बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले वृक्षारोपण गरी कार्यक्रममा सहभागिता जनाएका थिए ।