काठमाण्डौ । भारतीय सेयर बजारमा बिग बुल नामबाट प्रख्यात दिग्गज लगानीकर्ता राकेश झुनझुनवालाले आज टाइटनको सेयरबाट मात्र १० मिनेटमा भारु ८ अर्ब ५० करोड (१३ अर्ब ६० करोड रुपैयाँ) कमाएका छन्। 

टाटा ग्रुपको यो कम्पनीको सेयरमूल्यमा बिहीबार बीएसईमा सुरुआती कारोबारमा ९.४६ प्रतिशतले उछाल आएको थियो। योसँगै यसको सेयरभाउ भारु २ हजार ३४९.८० को उचाइमा पुगेको थियो। जसका कारण कम्पनीको मार्केट क्याप पनि भारु २ लाख करोड रुपैयाँ पुगेको छ।

टाइटन यो उचाइ हासिल गर्ने टाटा ग्रुपको दोस्रो कम्पनी हो।

राकेश झुनझुनवाला र उनकी पत्नी रेखाको टाइटनमा ४.८१ प्रतिशत हिस्सात रहेको छ। जसका कारण कम्पनीको सेयरमूल्यमा उछाल आउँदा उनीहरुको स्टकको भ्याल्यू भारु ८५० करोडले बढेको हो। – एजेन्सी