काठमाण्डौ । लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ३ महिनापछि फेरि ५० हजार डलर माथि पुगेको छ। 

बिटक्वाइनको मूल्यमा उछाल आएसँगै लगानीकर्ताहरुको मनोबल उच्च भएको छ। बिटक्वाइनको मूल्य लगभग २ प्रतिशतले बढेर ५० हजार २४९.१५ डलर पुगेको हो। जुन गत मेको मध्यपछिकै सबैभन्दा उच्च हो। 

गत मेको मध्यबाट बिटक्वाइनको मूल्यमा लगातार गिरावट आएको थियो। बिटक्वाइनको मूल्यमा गिरावट आउनुको मुख्य कारणहरुमा बिटक्वाइनको माइनिङबाट पर्यावरणमा पर्ने प्रभावलाई मध्यनजर गर्दै एलन मस्कले टेस्ला कारको खरिदमा बिटक्वाइन स्वीकार नगर्ने घोषणा गर्नु र चीनले कारबाही गर्नु नै रहेको छ। 

बिटक्वाइनको मूल्य गत जुनमा २९ हजार डलरमा झरेको थियो। जुन ६ महिनायताकै कम हो। 

त्यसयता बिटक्वाइनको मूल्यमा ७० प्रतिशतभन्दा बढीको बढोत्तरी भइसकेको छ। विज्ञहरुले बिटक्वाइनको मूल्य बढेर १ लाख डलर नजिक पुग्न सक्ने अनुमान गरेको छ। 

यद्यपि बिटक्वाइनको मूल्यले यसअघि कायम गरेको कीर्तिमान नजिक पुग्न अझै टाढा रहेको छ। यसअघि बिटक्वाइनको मूल्य ६५ हजार डलर पुगेको छ। यो कीर्तिमान बिटक्वाइनले गत अप्रिलमा कायम गरेको थियो। – एजेन्सी