काठमाण्डौ । माछापुच्छ्रे बैंकले यूके एड सक्षम एक्सेस टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भ(फिनलिटसँगको संयुक्त सहकार्यमा)सँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौतासँगै बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धी सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)मा गर्नेछ । यस सम्झौताको कार्यान्वनपश्चात नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा बैंकले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने लक्ष्य राखेको छ । बैंकले उक्त वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत वित्तीय साक्षरता सम्बन्धी तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथा मञ्चन, किताब र पढ्ने सामाग्रीहरु वितरण, आदि कार्यहरु गरिने जनाएको छ ।  

बैंकले पूर्वमाझापा देखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्सटेन्सन काउन्टरहरु लगायत २५ शाखारहित बैंकिङ्ग  सेवा समेत गरी  जम्मा ११३ स्थानबाट ग्राहकरुमा बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंका देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा छन् ।