काठमाण्डौ । बिमा समितिले तीन महिनाभित्र तोकिएको चुक्तापूँजी वृद्धिको योजना प्रकाशित गर्न सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । 

समितिले केही दिनअघि जीवन बिमा कम्पनीको चुक्तापूँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीको चुक्तापूँजी १ अर्ब पुर्याउन निर्देशन जारी गरेको थियो । चुक्तापूँजी ०७५ असार मसान्तसम्म पुर्याउनुपर्ने भनिए पनि त्यसको स्पष्ट योजना चाहि अब ३ महिनाभित्रमै प्रकाशित गर्नुपर्ने नयाँ निर्देशन जारी गरेको हो । 

नयाँ निर्देशन अनुसार अब बिमा कम्पनीहरुले ३ महिनाभित्रमा तोकिएको चुक्तापूँजी पुर्याउने उपायहरुसहित स्पष्ट योजना प्रकाशित गर्नुपर्नेछ ।