Prabhu Bank Limited
काठमाण्डौ । प्रभूू बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बाँके जिल्लाको रनियापुर गाविसमा आँखा शिविर सम्पन्न गरेको छ ।
सो गाविसका अधिकांश सर्वसाधारणमा आँखा सम्बन्धी समस्या रहेको तथ्यांक देखिएपछि बैंकले नेपाल नेत्रज्योति संघ फत्तेवाल अस्पताल(बाँके)को सहकार्यमा आँखा शिविर सम्पन्न गरेको हो ।
सो शिविरमा २५० जनाले आँखा जाँच गराएका र बिरामीहरुलाई निशुल्क औषधी तथा चश्मा बितरण गरिएको बैंकले जनाएको छ । यस्तै सो शिविरको क्रममा मोतीयाबिन्दूूको पहिचान भएका बिरामीलाई फत्तेवाल आँखा अस्पतालले अपरेशन खर्चमा ५० प्रतिशत छुट दिने घोषणा समेत सोही अवसरमा गरेको थियो ।
यसैगरी, प्रभु बैंक लिमिटेड शाखा कार्यालय सन्धिखर्कले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्धिखर्क, अर्घाखाँचीमा अध्ययनरत श्रवण शक्ति कम भएका १० आवासीय बिद्यार्थीहरुलाई दैनिक रुपमा प्रयोगमा आउने ओढ्ने ओछ्याउने कपडा, कापीकलम, मसी लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । सोही कार्यक्रममा उक्त विद्यालयमा अध्यनरत ३ जना अपाङ्ग विद्यार्थीहरुका लागि प्रतिव्यक्ति दुईदर्जन कापी र अन्य शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको बताइएको छ । ओढ्ने ओछ्याउने कपडा तथा शैक्षिक सामाग्रीहरु बैंकको शाखा कार्यालय सन्धिखर्कका शाखा प्रबन्धक सरोज ज्ञवालीले हस्तान्तरण गरेका थिए ।
प्रभु बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago