काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक बिल गेट्स ठगीको सिकार भएको खुलासा भएको छ।

‘दी की म्यान ः दी ट्रु स्टोर अफ हाउ दी ग्लोबल इलाइट वाज डप्ड बाई अ क्यापिटलिस्ट फेरी टेल’ नामक किताबबाट यस्तो खुलासा गरिएको छ। यस किताबमा एक पाकिस्तानी नागरिक आरिफ नकवीले बिल गेट्सबाट १०० मिलियन डलर अर्थात ११ अर्ब ८५ करोड रुपैयाँ बढी ठगेको उल्लेख छ। 

यो किताब साइमन क्लर्क र विल लचले लेखेका हुन्। किताबमा आरिफले बिल गेट्समात्र नभएर अन्य धनी व्यक्तिहरुलाई पनि ठगेको उल्लेख छ। 

आरिफ पाकिस्तानको एउटा प्राइभेट इक्विटी फर्मका प्रमुख थिए। उनी विश्वका लगानीकर्ताहरुलाई फरकफरक बिजनेसमा पैसा हाल्न लगाउँथे। यही कारण उनको बिल गेट्ससहित थुप्रै व्यापारीसँग राम्रो चिनजान थियो। पछि यही राम्रो सम्बन्धको फाइदा उठाउँदै उनले लगानीका नाममा बिल गेट्सको ठूलो धनराशि हडप्न सफल भएको उक्त किताबमा उल्लेख छ।

किताबमा उल्लेख भएअनुसार आरिफले करिब १०० मिलियन डलरको हिनामिना गरेका छन्। जसमध्ये आधाभन्दा बढी रकमको त हिसाब–किताब नै छैन। यस विषयमा आरिफकै एक कर्मचारीले यसबारे सबै लगानीकर्तालाई ई–मेल पठाएर रकम हिनामिनाका विषयमा जानकारी गराइसकेका छन्। 

एक समय आरिफ निकै चर्चा थियो। उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले मुस्लिम व्यापारीहरुको शिखर सम्मेलनमा सहभागी हुन निम्तो पनि दिएका थिए। यतिमात्रै होइन अमेरिकी सरकारले आरिफको एउटा कम्पनीमा करोडौँ डलर लगानी पनि गरेको थियो। 

आफिरले आफ्नो शान बढाउनका लागि अमन फाउन्डेसन पनि स्थापना गरेका थिए। यही फाउन्डेसनमार्फत उनले विभिन्न लोककल्याणकारी संस्थाहरुलाई ठूलो धनराशि चन्दा दिँदै आएका थिए। – एजेन्सी