काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको २६औं वार्षिक साधारण सभा आज  सोमबार एक समारोहको बीच सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । 

सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस(एनएफआरएस) बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । 

साधारणसभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र चुक्तापूँजीको ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।   

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।