काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ ।

बैंक अफ काठमाण्डूका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछाने र एभरेष्ट इन्स्योरेन्सका नायव महाप्रबन्धक प्रदिप मोहन धौभडेलले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सेवा अन्र्तगत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइनेछ ।