काठमाण्डौ । बीमा गर्नु कति महत्वपूर्ण हुन्छ भन्ने कुरा भवितब्य व्यहोर्नेलाई मात्र थाहा हुन्छ ।

जीवन बीमाको मामिलामा घरमा कमाउने व्यक्ति नहुँदा उसको अनुपस्थितिमा परिवारमा अनेकौं समस्याहरु देखा पर्छन् । यदि स्वास्थ्य बीमाको कुरा गर्ने हो भने त जब कुनै दुर्घटना हुन्छ र लाखौँ रुपैयाँको आवश्यक पर्छ ।

त्यस बेला महशुस हुन्छ, स्वास्थ्य बीमा कति महत्वपूर्ण रहेछ भनेर । 

प्रत्येक व्यक्तिले भविष्यमा हुन सक्ने जोखिमसँग जुध्न र त्यसबाट छुटकारा पाउनका लागि विभिन्न बीमा योजनाको साहरा लिएका हुन्छन् । तर एकै सोच्नुस त, त्यस्तो खराब समयमा जब कसैको बीमा दाबी अस्विकार( रिजेक्ट) हुँदा के होला ? छिमेकी देश भारतमा बीमासँग सम्बन्धित केहि यस्ता आश्चर्य चकित पार्ने घटना भएका छन् । जसलाई सुन्दा जो कोहिले जिब्रो टोक्छन् । 
यस्ता छन् ती चार घटनाः
१. रेलको लिकमा मृत्यु,दाबी भयो रिजेक्ट
यो घटना हो तमिलनाडूको भेपम्पाटु नाम गरेको एउटा सानो गाउँमा बसोवास गर्ने पुष्पराज नाम गरेको व्यक्तिको । त्यहाँको रेल स्टेश्नमा कुनै पनि फुटओभर ब्रिज नभएकाले उनी सँधै रेलको बाटो पार गरेर कार्यालय जाने गर्थ । यस्तो गर्ने उनी एक्ला व्यक्ति भने थिएनन् । उनी जस्तै दैनिकजसो ६–७ सय जना यसरी नै रेलको बाटो पार गरेर आ–आफ्नो गन्तव्यतर्फ जान्थे । सन् २०२२को मे ४का दिन कार्यालय जाने बेलामा  उनी रेलको ट्रयाकमा दुर्घटनामा परे । जसको कारण उनको मृत्यु भयो ।

जब बीमितको हकवालाले बीमा कम्पनीसँग दाबी भुक्तानी माग गरे तब कम्पनीले रेलको ट्रयाक पार गर्नु गैह्र–कानूनी रहेको भन्दै तत्कालै दाबी रिजेक्ट गरिदियो । पछि मृतकका छोराले बीमा समस्या समाधान समितिसँग सहयोग मागे र समितिले उनलाई सहयोग गरेको थियो । 

२.एकै व्यक्तिलाई बेचियो ९ वटा पोलिसी
फेरि भारतकै प्रसंग । चेन्नईमा बस्ने सलामत निशाका पतिको सन् २०२१ मा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भयो । त्यहिबेला एक व्यक्तिले उनलाई सम्पर्क गरे र उनको पोलिसील्याप्स भएको बताए । त्यो व्यक्तिले उनलाई २.८० लाख भारु भुक्तानी गरे २५ लाख भारु बीमा दाबी गर्न सक्ने बतायो ।

निशालाई त्यसबेला पैसाको एकदमै आवश्यक भएकाले उनले उक्त व्यक्तिको कुरा मानिन् । तर वास्तवमा यो उनीमाथि एकदमै ठूलो धोकाधडी  थियो । यसो भनेर उनलाई उनलाई विवाहित छोरीको नाममा एउटा पोलिसी बिक्री गराइयो ।  जब ६ महिना बित्दा पनि बीमा दाबीको कुनै पनि पैसा प्राप्त भएन तब निशाले उक्त व्यक्तिसँग कुरा गरिन् । त्यसबेला उनलाई २५ लाख चाहिए पुन : अर्को पोलिसी खरिद गर्नुपर्ने बताइयो ।

यसपश्चात उनले अरु थप ८ वटा पोलिसीहरु खरिद गरिन् । ती मध्ये छ वटा आफ्नो नाममा र एउटा छोरीको नाममा र एउटा आफ्नो स्कुले बालकको नाममा । यी सबै पोलिसीको वार्षिक प्रीमियम करिब ११ लाख भारु थियो । जुन भुक्तानी गर्ने आर्थिक हैसियत उनको थिएन । 

आफु ‘मिस–सेलिङ’ अर्थात् आर्थिक झालझेलको सिकार भएको थाहा पाएपछि उनले बीमा कम्पनीमा उजुरी गरिन । तर कम्पनीले उनको उजुरीलाई वास्ता गरेन । त्यसपश्चात उनले बीमा समस्या समाधान समितिमा सम्पर्क गरिन् र उनलाई गलत ढंगले बिक्री गरिएको नौ वटा पोलिसीको १० लाख १ हजार ९९७ भारु रिकभर गरेर फिर्ता दिइयो । 
३. आतंकी हमलामा मृत्यु भएका सैनिकको दाबीमा ढिलाई
भारतको पुलवामा सन् २०१९ मा आतंकी हमला भएको थियो । उक्त हमलामा भारतको पञ्जाब राज्यको फतेहगढ साहिबका सैनिक जगतार सिंह सख्त घाइते भएका थिए ।

उनलाई छ वटा गोलि लागेको थियो । जसकाकारण उनको ७० प्रतिशत शरिर निष्क्रिय थियो । उनले बैंकबाट डिसएबीलिटी (अशक्तता) इन्स्योरेन्स बीमा) खरिद गरेका थिए ।

त्यसैले उनले बैंकमा सम्पूर्ण कागजात पेश गरे । त्यसमा डिसएबीलिटी प्रमाणपत्र र ब्याटल क्याजल्टी(युद्धमा घाइते) भएको प्रमाणपत्र पनि थियो। तर बैंकले उनको दाबीलाई निरन्तर अस्विकार गर्यो । त्यसपश्चात उनले बीमा समस्या समाधान समितिसँग सहयोग मागे र समितिले उनलाई बैंकमार्फत ५ लाख भारु क्षतिपूर्ती पाए ।
. क्रिटीकल रोगको विवाद
महाराष्ट्रमा बसोवास गर्ने दीपकले नियमित रुपमा बीमाको प्रीमियम तिर्दै आएका थिए । तर एक दिन स्थानीय नासिकस्थित सुविचार अस्पतालमा स्वास लिन गाह्रो भएपछि उपचारर्थ भर्ना र केहिसमयपछि उनको मृत्यु भयो । उनको मृत्युपश्चात परिवारले बीमा कम्पनीसँग दाबी भुक्तानी माग गर्यो । तर कम्पनीले दाबी रिजेक्ट गरिदियो । कम्पनीले उनको रोग क्रिटीकल इलनेश( गम्भिर रोग) मा कभर नहुने बतायो ।

उनको मृत्युको कारण थियो–कोरोनरी आर्टरी डिजिज । जसलाई नासिकको सिभिल अस्पतालले पोष्ट–मार्टममार्फत् पुष्टि गर्नु परेको थियो । तर बीमा कम्पनीले पोष्टमार्टममार्फत् पत्ता लागेको तथ्यलाई मानेन र दाबी रिजेक्ट गर्यो । 
अन्त्यमा दाबी रकम प्राप्त गर्न उनको परिवारले पनि बीमा समस्या समाधान समितिको साहरा लिनु पर्यो ।  यो त भयो भारतमा भएका केहि प्रतिनिधिमूलक घटना ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यस्ता घटना बीमा कम्पनीमा नभएका भने होइनन्।  नेपालमा बीमा साक्षरता नभएकै कारण अधिकांश बीमितहरुमा आफूले कुन पोलिसी खरिद गरेको र त्यसले कति जोखिम बहन गर्न सक्छ भन्ने जानकारी हुने गरेको पाइदैन ।
अझ जीवन बीमा कम्पनीमाभन्दा नीर्जिवन बीमा कम्पनीमा यो समस्या धेरै छ।
नीर्जिवन बीमा कम्पनीका सर्भेयरले घटनाको लेखाजोखा वास्तविक रुपमा नगर्दा बीमितले समस्या भोग्नु परिरहेको छ ।-एजेन्सीको सहयोगमा