काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक ३२.७७ अंकले घटेर २ हजार १०९ विन्दुमा कायम भएको छ । सेयरबजार घटेपनि  यो दिन ६ अर्ब २७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार इन्डेक्स बृद्धि भएको छ भने बाँकी सबै उपसमूह राताम्य भएका छन् ।

बीमा समूहका दुईवटै उपसमूह घटेका छन् । जीवन बीमा उपसमूह २.७८ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०.७२ प्रतिशतले घटेको छ । 
बीमा समूहहरु घट्दा आज नेपाल इन्स्योरेन्स बाहेक सबै कम्पनीको सेयरभाउ घटेको छ । नेपाल इन्स्योरेन्सको सेयरभाउ २.७० प्रतिशतले बढेर ८९३ रुपैयाँ ५० पैसा पुगेको छ । 

त्यस्तै, बीमा कम्पनीहरुमा सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्नेमा सूर्यज्योति लाइफ छ । कम्पनीको सेयरभाउ ७.४४ प्रतिशतले घटेर ५७९ रुपैयाँ ८० पैसा कायम भएको छ । 

त्यस्तै, सानिमा रिलायन्स लाइफको ४.२० प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.६८ प्रतिशत, आइएमई लाइफको ३.४१ प्रतिशत, नेशनल लाइफको ३.२३ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको ३.१५ प्रतिशत, एशियन लाइफको ३.०३ प्रतिशत, सिटिजन लाइफको ३.०१ प्रतिशतले घटेको छ । 
यसैगरी शिखर इन्स्योरेन्सको २.८९ प्रतिशत, सलिकोको २.६८ प्रतिशत, सन नेपाल लाइफको २.५४ प्रतिशत, सानिमा जीआईसीको २.४९ प्रतिशत, हिमालयन एभरेष्टको २.४० प्रतिशत, एनएलजीको २.२९ प्रतिशत, हिमालयन लाइफको २.१२ प्रतिशतले घटेको छ । 

यसका साथै नेको इन्स्योरेन्सको २.०५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.९७ प्रतिशत, युनाइटेड अजोडको १.९४ प्रतिशत, एलआईसी नेपालको १.७२ प्रतिशत, नेपाल लाइफको १.६१ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५२ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.२७ प्रतिशतले सेयरभाउ घटेको छ ।

बीमा कम्पनीहरुमा सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको आज एकैदिन १३ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।