काठमाण्डौ । बीमा समितिले कुनै पनि प्रकारका नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय नभएको स्पष्ट पारेको छ।
बीमा समितिले एक सूचना जारी गर्दै कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको स्पष्ट पारेको हो। यस सम्बन्धमा कुनै पनि कामकारबाहीसमेत नभएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।
विभिन्न अनलाइन तथा पत्रपत्रिकामा बीमा समितिले थप जीवन बीमा, निर्जीवन बीमा तथा लघुविमा कम्पनीहरुलाई लाइसेन्स दिने तायरी गरिरहेको भन्ने समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ। यसरी प्रकाशित समाचारहरु असत्य, भ्रामक र कपलोकल्पित भएको र समितिलाई विवादमा पार्ने मनसायले प्रेरित रहेको बीमा समितिले जनाएको छ।
यस्ता भ्रामक र विवादित समाचारहरु प्रकाशित नगर्न पनि बीमा समितिले आग्रह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19