काठमाण्डौ । बीमा कम्पनीहरुले वासलात समावेश भएको वित्तीय सर्वेक्षण तयार गरी प्रकाशन गर्नुपर्ने भएको छ। 

आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।

नीतिमा वित्तीय गहिराई मापनका लागि बैंक तथा वित्तीय संस्थाको अतिरिक्त लघुवित्त वित्तीय संस्था, बीमा कम्पनी, नागरिक लगानी कोष र कर्मचारी संचय कोषलगायतका अन्य गैरबैंकिङ वित्तीय संस्थाहरुको वासलात समावेश भएको फाइनान्सियल कर्पोरेसन सर्भे तयार गरी प्रकाशन गरिने उल्लेख छ।