काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ को अन्त्यसम्ममा जीवन बीमा कोषको आकार २१.७१ प्रतिशतले बढाएको छ।
कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ६४ करोड २२ लाख रुपैयाँ सञ्चिति रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब १० करोड रुपैयाँ सञ्चिति थियो।
यसैगरी समीक्षा अवधिमा कम्पनीले जगेडा कोषको आकार २३.३६ प्रतिशतले बढाएर कोषमा ७४ करोड ७९ लाख रुपैयाँ र महाविपत्ति कोषको आकार ४१.३४ प्रतिशतले बढाएर कोषमा १० करोड ९७ लाख रुपैयाँ सञ्चित गरेको छ।
कोषहरुको आकार बढाएको सानिमा रिलायन्सको असार मसान्तसम्म खुद बीमाशुल्क आर्जन भने घटेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३६.७५ प्रतिशतले कम हो। अघिल्लो वर्ष अवधिसम्म कम्पनीले ५ अर्ब ३ करोड ९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो।
जीवन बीमा व्यवसायमा संकुचन आएसँगै कम्पनीको मुनाफासमेत घट्न पुगेको छ। असार मसान्तसम्म कम्पनीको मुनाफा २१.९९ प्रतिशतले घटेर २१ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २८ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानीसमेत ७.४९ प्रतिशतले घटेर ८५ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको व्यवस्थापन खर्च र अभिकर्ता कमिसन दुवै घटेको छ।
साविक सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा गाभिएपश्चात बनेको सानिमा रिलायन्सको व्यवस्थापन खर्च ४९.१५ प्रतिशतले घटेर ४७ करोड १४ लाख रुपैयाँ पुगेको छ। अभिकर्ता कमिसन पनि ४८.४८ प्रतिशतले घटेर ४३ करोड ५७ लाख रुपैयाँमा सीमित हुन पुगेको छ।
कम्पनीले समीक्षा अवधिसम्म ९० करोड ८१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। यो अघिल्लो पवर्षको तुलनामा २५.४४ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको थियो। कम्पनीको कायम पोलिसी संख्या भने १६२.१८ प्रतिशतले बढेर १ लाख ३६ हजार ८७७ पुगेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.५३ रुपैयाँले घटेर ५.२४ रुपैयाँमा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२०.५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७५.६७ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४०६ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19