काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा सचेतना तथा बीमा प्रबर्द्धनको लागि प्रदेशस्तरीय निबन्ध प्रतियोगिता गर्ने भएको छ ।
बीमाको दायरा बढाउन वा बीमा सम्बन्धी सचेतना फैलाउन प्राधिकरणले प्रदेशस्तरीय निबन्ध प्रतियोगिता गर्न लागेको हो ।
निबन्ध प्रतियोगिताको लागि प्राधिकरणले तीनवटा शिर्षक समावेश गरेको छ । जसमा ‘देशको आर्थिक विकासमा बीमाको महत्व’, ‘बीमाको विकासमा सूचना प्रविधिको भूमिका’ र ‘बीमाको विकास तथा विस्तारमा बीमा सचेतनाको महत्व’ तीन वटा शिर्षक रहेका छन् ।
प्राधिकरणका अनुसार प्रतियोगिले कुनै एक शिर्षकमा नियमहरुको अधिनमा रही आफ्नो निबन्ध नेपाल बीमा प्राधिकरणको सम्बन्धीत प्रदेश कार्यालयमा पेश गर्नुपर्नेछ ।
नियमहरु :
१. प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धी कक्षा ११ देखि स्नातकसम्म अध्ययनरत भएको हुनुपर्नेछ । प्रतियोगीको अध्ययनरत शैक्षिक संस्थाको ठेगानाको आधारमा प्रदेश निर्धारण गरिनेछ । जस्तैः कर्णाली प्रदेश स्थायी घर भई हाल काठमाण्डौमा अध्ययनरत विद्यार्थी बागमती प्रदेशबाटै प्रतियोगी हुनेछ ।
२. लेखनको भाषा वा अंग्रेजी मध्ये एक हुनुपर्नेछ । नेपाली भाषा भए प्रिती १६ फन्ट साइज र अंग्रेजी भाषा भए ‘टाइम्स न्यू रोमन’ १२ फन्ट साइजमा हुनुपर्नेछ ।
३. निबन्ध बढीमा १ हजार ५०० शब्दको हुुनुपर्नेछ ।
४. प्रतियोगिताको सूचना प्रकाशन भएको मितिले २५ दिनभित्र निबन्ध उपलब्ध गराउनुपर्नेछ ।
५. पेश हुन आउने निबन्ध आफ्नै मौलिक सिजर्ना हुनुपर्ने र यसअघि कुनै पत्रपत्रिकामा प्रकाशित नभएको हुनुपर्नेछ ।
६. प्रतियोगीले आफ्नो सिर्जना प्राधिकरणको प्रदेशगत कार्यालयको इमेलमा पेश गर्नुपर्नेछ । निबन्ध पेश गर्दा प्रतियोगीको हालसालै खिचिएको पासर्पोट साइजको फोटो र अध्ययन गरिरहेको संस्थामा परिचय खुल्ने कार्ड–संस्थाको पत्र पनि संलग्न गरी पठाउनुपर्नेछ । अन्यथा उक्त निबन्धलाई प्रतियोगितामा समावेश गरिनेछैन ।
७. पेश हुन आएको निबन्धलाई विषय विज्ञबाट मूल्यांकन गराइनेछ । निबन्धलाई कम्तिमा निम्न मापदण्डमा मूल्यांकन गरिनेछ ।
क. विषयवस्तु
ख. मौलिकता र सान्दर्भिकता
ग. लेखन संरचना
घ. शब्द सीमा
८. प्रत्येक प्रदेशबाट एक सर्वोत्कृष्ट रचनालाई पुरस्कार स्वरुप रु. १० हजार र प्रमाणपत्र प्रदान गरिनेछ ।
९. छनौट भएका निबन्ध प्राधिकरणको केन्द्रीय कार्यालयबाट प्रकाशन हुने बुलेटिनमा समावेश गरिनेछ ।
१०. प्रतियोगिता सम्बन्धमा सम्पूर्ण अधिकार प्राधिकरणमा निहीत हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago