काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा गत सोमबार आयोजित कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादवले बीमा मानव जिवनका लागि आवश्यक रहेको कुरामा जोड दिंदै सबैले आफ्नो जीवनको र सम्पत्तीको बीमा गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नगर उपप्रमुख राजकुमारी देवी, प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्थ तथा विभिन्न वडाका जनप्रतिनिधि, कार्यपालिकाका सदस्यहरु,अगुवा कृषकहरु, बैंक तथा व्रित्तीय संस्थाका प्रतिनिधिहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधि तथा महिला समूहका व्यक्ति गरी ७० जनाभन्दा बढीको सहभागिता थियो।
कार्यक्रममा सहभागीहरुले कृषि तथा विभिन्न बालीहरुको बीमाका बारेमा जिज्ञासा राखेका थिए । साथै सहभागीहरुले कोरोना बीमाको दावी भुक्तानी नपाएको समेत बताएका थिए ।
कार्यक्रममा बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले सहभागीहरुबाट प्राप्त भएको सुझावहरु प्राधिकरणले आगामी दिनहरुमा सम्बोधन गर्दै जाने बताइन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago