काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशिका, २०८० जारी गरेको छ ।
प्राधिकरणले निर्जीवन बीमा व्यवसाय अन्तर्गत जमिनमा आधारित सम्पत्ति तथा घर सम्बन्धी बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने बीमादर निर्धारण तालिकासमेत निर्माण गरी प्रचलनमा ल्याउन बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरेर सम्पत्ति बीमा निर्देशन बनाएको हो ।
निर्देशिका अनुसार निर्जीवन बीमा कम्पनीले बीमालेख जारी गर्नु अगावै बीमालेख जारी गर्नको लागि आवश्यक सम्पूर्ण विवरण हेरी, जाँच गरेर मात्रै बीमा गर्नुपर्नेछ । ‘मोटामोटी’ वा ‘अन्दाजी’ जस्ता भावात्मक शब्द राखी बीमालेख जारी गर्न पाइने छैन ।
त्यस्तै, बीमा कम्पनीले बीमालेखमा बीमा शुल्क गणना गर्दा सम्पत्तिको प्रकारअनुसार बीमाङ्क रकम अलग–अलग खुलाउनुपर्ने छ ।
प्राधिकरणले बीमालेख जारी हुने अवधिमासमेत बीमा कम्पनीलाई कडाई गरेको छ । बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिको लागि मात्रै जारी गर्न सकिनेछ ।
बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति (घण्टा र मिनेटसहित) उल्लेख गर्नुपर्ने प्रावधान छ ।
साथै छोटो अवधिको बीमामा बीमितले अनुरोध गरेमा बीमा कम्पनीले एक वर्ष वा सोभन्दा कम अवधिको लागि बीमालेख जारी गर्नुपर्नेछ र त्यस्तो बीमालेखलाई छोटो अवधिको बीमालेख भनी उल्लेख गर्नुपर्नेछ । छोटो अवधिको बीमालेख एक पटक जारी भैसकेपछि पुनः समय बढाउन पाइने छैन ।
निर्देशिकाको अनुसूची ३९ बमोजिम आवासीय भवनमा कुनै पसल व्यवसाय रहेको छ भने उक्त भवनको घर बीमा गर्न पाइने छैन । तर, इँटा वा ढुंगाले माटोले जोडेर बनाएको आवासीय घर (आरसीसी वा आरवीसी) संरचना बाहेक), काठले बनाइएको आवासीय घर र फुस, खर वा परालले बनाएको घरको हकमा उक्त व्यवस्था लागू हुनेछैन ।
हेर्नुहोस् सम्पत्ति बीमा निर्देशिका :
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19