काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताका लागि अनलाइन परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार कात्तिक महिनामा चार दिन परीक्षाको सूची रहेको छ ।प्राधिकरणका अनुसार पहिलो परीक्षा कात्तिक १७ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने छ।
यसैगरी,दोश्रो परीक्षा कात्तिक २० गते, तेश्रो परीक्षा कात्तिक २२ गते र चौथो परीक्षा कात्तिक २४ गते सञ्चालन हुने छ ।उक्त परीक्षामा १०० जना परीक्षार्थीलाई मात्र सहभागी गराइने छ । डेढ घण्टाको अवधिमा कुल ५० वटा वस्तुगत प्रश्नमध्ये २५ वटाको सही उत्तर चयन गर्नु पर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago