काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीहरुको प्रोडक्टहरु डिजाइन गर्ने भएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै जीवन बीमा कम्पनीहरुको प्रोडक्ट डिजाइन गर्न अनुभवी एक्चुरी खोजी गरेको छ । साथै प्राधिकरणले एक्चुरी भ्यालुएसनको समिक्षा गर्नसमेत अनुभवी तथा क्वालिफाइ एक्चुरीलाई रोस्टरमा भर्ना हुन आह्वान गरेको छ ।
योग्य एक्चुरीले मंसिर ४ गतेदेखि रोस्टरमा दर्ता गराउन सक्नेछन् । एक्चुरीले प्राधिकरणले आफ्नो वेबसाइटमार्फत उपलब्ध गराएको फर्म भरेर ईमेल गर्नुपर्नेछ ।
प्राधिकरणले हाल बन्द रहेको बाल बीमा पोलिसी जारी गर्ने कार्य कात्तिक मसान्तसम्म खुल्ला गर्ने निर्णय गरेको छ । प्राधिकरणले असोज २३ गतेदेखि बन्द गरेको बाल बीमा पोलिसी कात्तिक मसान्तसम्म जारी गर्न पाउने भनि बीमा कम्पनीहरुलाई निर्देशन पठाएको छ ।
बाल बीमा पोलिसीभित्र अनेक खालका समस्या तथा विकृतिले गर्दा प्राधिकरणले बाल बीमा पोलिसी बन्द गर्ने निर्णय गरेको थियो । प्राधिकरणले सो सम्बन्धी सम्पूर्ण डिजाइन गर्न अनुभवी एक्चुरी खोजी गरेको जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago