काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से इन्डेक्स १०.८६ अंकले घटेर १ हजार ८४७ विन्दुमा बन्द भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन इन्डेक्सबाहेकका सबै उपसूचकहरु राताम्य रहेका छन् । बीमा समूहका दुईवटै उपसूचक समेत घटेका छन् ।

जीवन बीमा उपसूचक ०.३९ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९४ प्रतिशतले घटेको छ । बीमा समूहका दुईवटै उपसूचक घट्दा आज दुई जीवन बीमा कम्पनीको मात्रै सेयरभाउ उचालिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको सेयरभाउ १.५९ प्रतिशत अर्थात् ८.५० रुपैयाँले बढेर ५४१ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै, एलआईसी नेपालको पनि ०.८५ प्रतिशतले बृद्धि भई सेयरभाउ १ हजार ३०९ रुपैयाँ पुगेको छ ।

बीमा कम्पनीहरुमा आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने कम्पनीमा एशियन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.९४% अर्थात् १२ रुपैयाँले घटेर ६०६ रुपैयाँ पुगेको छ । 

यसका साथै सिद्धार्थ प्रिमियरको १.९३ प्रतिशत, सिटिजन लाइफको १.८० प्रतिशत, आइएमई लाइफको १.७४%, एनएलजी इन्स्योरेन्सको १.५९ प्रतिशत, सन नेपाल लाइफको १.३४ प्रतिशत, हिमालयन लाइफको १.२३ प्रतिशत, सलिकोको १.२० प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको १.२० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८९ प्रतिशत, युनाइटेड अजोडको ०.८८ प्रतिशतले सेयरभाउ बढेको छ ।

यसैगरी, हिमालयन एरभेष्ट इन्स्योरेन्सको ०.८४प्रतिशत, सूर्यज्योति  लाइफको ०.८३प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.५६ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.५४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३७ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.०७ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्सको ०.०५ प्रतिशतले सेयरभाउ बढेको छ । 

सेयरभाउ घटे पनि आज बीमा कम्पनीहरुमध्ये सर्वाधिक सानिमा जीआईसी इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको आज एकैदिन २ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।