काठमाण्डौ । नेपाल बीमा प्राधिकरणमा उजुरीको चाङ थपिदै गएको छ । प्राप्त तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा प्राधिकरणमा ६७ वटा मुद्दा दर्ता भएका छन् ।
प्राधिकरणका अनुसार पहिलो त्रैमासको अन्त्यसम्ममा कुल २०६ वटा मुद्दाहरु अझै फर्स्यौट हुन बाँकी रहेको छ । प्राधिकरणमा पर्याप्त जनशक्ति अभावका कारण उजुरीको चाङ थपिदै गइरहेको छ ।
प्राधिकरणका अनुसार साउन र भदौ महिनामा ४२ वटा र असोज महिनामा २५ गरी प्रथम त्रैमाससम्म कुल ६७ वटा मुद्दाहरु थपिएका हुन् । पुराना वर्षका मुद्दाहरुको फैसला हुन नसकिदै फेरि तीन महिनामै ६७ वटा उजुरी पर्दा प्राधिकरणलाई चूनौती थपिएको छ ।
प्राधिकरणले सो अवधिमा ५२ वटा मुद्दाको भने फर्स्यौट गरेको छ । जसमध्ये ४२ वटा इजलासबाट र बाँकी १० वटा सहमतिबाट टुंगिएको प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म मात्रै १९२ वटा मुद्दाको फैसला हुन बाँकी थियो ।
प्राधिकरणले एउटा आर्थिक वर्षभरी पर्न आएको उजुरीहरु फैसला गर्न नसक्दा अर्को नयाँ आर्थिक वर्षलाई सार्ने गर्दछ । गत आर्थिक वर्षमा फैसला हुन नसकेको मुद्दाहरुलाई समेत प्राधिकरणले यस आर्थिक वर्ष वा आगामी आर्थिक वर्पमा फैसला वा टुंग्याउनु पर्नेछ ।
अर्धन्यायिक निकायको रुपमा समेत रहेको प्राधिकरणमा बीमित, कर्मचारी तथा सेयरधनीहरुले विभिन्न विषयमा उजुरी दिएका हुन्छन् । प्रत्येक आर्थिक वर्षमा उपभोक्ताले गरेको बीमा पोलिसीको दाबी भुक्तानी नदिएको बीमा कम्पनीहरुमाथिको उजुरी र मुद्दाको चाङ लाग्ने गर्दछ ।
बीमा कम्पनीले दिने सेवा तथा सुविधामा चित्त नबुझेमा बीमित अथवा सेवाग्राहीले प्राधिकरणमा उजुरी गर्न सक्ने व्यवस्था छ । प्राधिकरणका अनुसार विशेषगरी बीमा कम्पनीहरुले समयमै दाबी भुक्तानी नगरेको विषयमा प्राधिकरणमा उजुरीका फाइलहरु थपिदै गइरहेको छ ।
एक तथ्यांकअनुसार हरेक वर्ष जीवन बीमा कम्पनीको तुलनामा जिर्नीवन बीमा कम्पनी विरुद्ध बढी मुद्दाहरु दर्ता हुने गरेको छ । निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानीमा सर्भेयरको कार्य तीव्र नसकिने र बढी झन्झटिलो हुने भएकोले बीमितहरुले दाबी भुक्तानीमा आलटाल गर्न खोजेको आरोप लगाउँदै उजुरी दिने गरेको प्राधिकरणले जनाएको छ ।
फैसला हुन बाँकी रहेका उजुरीअनुसार सम्बन्धित बीमा कम्पनी वा बीमित र सेयरधनीलाई कार्यालयमा बोलाएर छलफल गरी विवादलाई समझदारीमा टुंग्याउने गरिएकोे प्राधिकरणको भनाइ छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago