काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको परीक्षामा हालसम्म ७२६ जना परीक्षार्थी उत्तिर्ण भएका छन् ।
प्राधिकरणले गत कात्तिक १७ गतेदेखि सञ्चालन गरेको बीमा अभिकर्ताको परीक्षामा उत्तीर्ण भई ती परीक्षार्थीले अभिकर्ताको लाइसेन्स प्राप्त गरेका हुन् । प्राधिकरणले अभिकर्ता लाइसेन्स वितरणमा कडाई गर्नका लागि आफैंले कात्तिक १७ गतेदेखि भर्चुअल माध्यमबाट परीक्षा सञ्चालन गर्दै आइरहेको छ ।
यसअघि चार पटक परीक्षा तालिका सार्वजनिक गरी परीक्षा सञ्चालन गरिसकेको प्राधिकरणले मंसिर २९ गतेदेखि अभिकर्ताको परीक्षा सञ्चालन गर्नका लागि परीक्षा तालिका पुनः सार्वजनिक गरेको छ । जसमा परीक्षा मंसिर २९ गतेदेखि पुष ७ गतेसम्म हुने प्राधिकरणले बताएको छ ।
यसअघि कात्तिक १७ गतेदेखि कात्तिक २४ गतेसम्म सञ्चालन भएको परीक्षामा २१९ जना परीक्षार्थीहरु उत्तीर्ण भई अभिकर्ताको लाइसेन्स प्राप्त गरेका थिए ।
त्यस्तै, दोस्रो चरणमा मंसिर ४ गतेदेखि ८ गतेसम्म भएको परीक्षामा १७६ परीक्षार्थी, तेस्रो चरणमा मंसिर १० देखि १२ गतेसम्म भएको परीक्षामा ११६ जना परीक्षार्थी र चौथो चरणमा मंसिर १३ गतेदेखि १५ गतेसम्म भएको परीक्षामा २१५ जना परीक्षार्थी गरी कुल ७२६ जना परीक्षार्थी अभिकर्ताको लाइसेन्स प्राप्त गर्न योग्य भएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago