काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले तीन अलग अलग निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ ।
प्राधिकरणले युनाइटेड अजोड, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सलाई नगद जरिवानासहित कारबाही गरेको हो ।
प्राधिकरणको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ती निर्जीवन बीमा कम्पनीहरुलाई २ लाख रुपैयाँका दरले आर्थिक कारबाही गरेको हो ।
प्राधिकरणले स्थलगत निरिक्षणका क्रममा उक्त कम्पनीहरुले उधारो बीमा, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको र दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको भन्दै २ लाख रुपैयाँका दरले जरिवाना भराएको प्राधिकरणका उप–निर्देशक शाम्भाराज लामिछानेले बताए ।
प्राधिकरणले स्थलगत निरिक्षणका क्रममा सो खालका कैफियत फेला पारेको थियो । ती कम्पनीहरुबाट चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभएपछि जरिवाना तिराएको लामिछानेले बताए ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19