काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

प्राधिकरणले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार वभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । 

इच्छुक बैंकहरुले आफुले दिनसक्ने अधिकतम प्रतिफल उल्लेख गरी सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ । 

यस्तै इच्छुक बैंकहरुले अन्तिम पटक प्रकाशित भएको वित्तीय विवरण,विगत तीन वर्षको नाफा/नोक्सान,बैंकको निष्क्रिय सम्पत्ति,बैंकको बर्जा निक्षेप अनुपात र पूँजी प्रयाप्तता कोष समेत उल्लेख गर्नुपर्नेछ ।