काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको होराईजनचोक बुटवलमा नयाँ शाखा स्थापना गरी पुस २६ गतेदेखि औपचारिक रुपमा कारोवार शुभारम्भ गरेको छ ।
बैंकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिलनारायण श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका थिए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षता सम्पन्न सो कार्यक्रम बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्णप्रसाद अर्यालले सञ्चालन गरेका थिए ।
सो कार्यक्रममा न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग बाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ८२ पुगेका छन् भने एटीएम संख्या ३१ पुगेका छन् ।
निकट भविष्यमा काठमाण्डौका बिभिन्न ७ स्थान तथा देशका अन्य ठाउँहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको यस बैकले हालसम्म रु.२६ अर्ब निक्षेप संकलन गरी रु.२३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago