रुपन्देही । बुटवलमा केन्द्रीय कार्यालय रहेको मिसन डेभलपमेन्ट बैंक लिमीटेडले देवनिगरमा आफ्नो २० औं शाखा स्थापना गरेको छ । 

बुटवलको देवीनगरमा बुधबारदेखि बैंकले औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको हो । 

शाखा शुभारम्भ भएको दिन नै बैंकले ५० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो दिन एकसय भन्दा बढी खाता खोलिएको छ ।

रुपन्देही, नवलपरासी र कपिलबस्तु गरी तीन जिल्लामा शाखा विस्तार गरेको बैकको चालु आर्थिक वर्षको हालसम्म ४ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ३१ करोड कर्जा लगानी गरेको छ । 

हाल यो बैंकको चुक्तापुँजी ५७ करोड रुपैयाँ रहेको केन्द्रीय कार्यालयका बजार प्रबन्धक अर्जुन पौडेलले बताए । 

मिसन बैंकले आउँदो नयाँ आर्थिक वर्षबाट बुटवलमै केन्द्रीय कार्यालय रहेको तिनाउ विकास बैंकसँग मर्जरमा जाने सहमति गरिसकेको छ । गत चैत्र ३ गते  तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता भएको थियो ।