काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले बुटवलको मैनाबगरमा शाखा संचालनमा ल्याएको छ । 

चैत १८ गते आयोजित एक समारोहका बीच नगरपालिकाको वडानम्बर २ स्थित मैनाबगरमा बैंकले आफ्नो ७९ औं शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो । 

बैंकका संचालक भिमप्रसाद तुलाचनले  शाखाको कारोबार शुभारम्भ गरेका थिए ।

सञ्चालक तुलाचनले उक्त शाखाको समुद्घाटन भएसँगै बैंकले व्यापार बिस्तारलाई अझ तीव्रताका साथ अघि बढाउने तीव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । 

काठमाण्डौ ३ स्थित ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको यो बैंकको शाखा सञ्जाल संख्या ७८, एटीएम संख्या ३३ पुगिसकेको छ ।

राष्ट्रियस्तरका विकास बैंकमध्ये यो बैंक शाखा बिस्तारमा निकै आक्रामक बनिरहेको छ ।