काठमाण्डौ । विश्वका सबैभन्दा धनीको उपमा गत सातादेखि अमेजनका प्रमुख जेफ बेजोसबाट खोसिएको छ । उनको ठाउँमा अहिले फ्रान्सका कारोबारी बर्नार्ड अर्नल्ट संसारकै धनी व्यक्ति बनेका छन् । बेजोसलाई पछारेका अर्नल्टसँग कति सम्पत्ति छ र उनी के गर्छन् ? चासोको विषय बन्नसक्छ ।
फ्रान्सको लग्जरी गुड्स कम्पनी एलभीएमएच(लुई बिन्ता मोएत हेनेसी)का चेयरमेन तथा सीइओ अर्नल्ट विश्वकै सबैभन्दा धनी व्यक्ति भएका छन् । फोब्र्सकाअनुसार अहिलेसम्म सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बेजोस धनीको सूचीमा दोश्रो नम्बरमा धकेलिएका छन् ।
फोब्र्स रियलटाइम इण्डेक्सका अनुसार कम्पनीको सेयरमूल्यमा आएको उछालका कारण एलभीएमएचका बर्नार्ड तथा उनको परिवारको सम्पत्ति बढेर १९७.८ अर्ब डलरको उचाईमा पुगेको छ । अमेजनका जेफ बेजोसको कुल सम्पत्ति भने १९३.३ अर्ब डलरमा सीमित बन्न पुगेको छ ।
सन् २०१९ मा अर्नल्ट १०० अर्ब डलरको क्लबमा प्रवेश गरेका थिए । त्यसबेला उनी अर्ब क्लबमा प्रवेश गर्ने तेश्रो धनी व्यक्ति थिए । यसअघि अमेजनका बेजोस र माइक्रोसफ्टका बिल गेट्स मात्र यो क्लबमा पुगेका थिए । अर्नल्ट तथा उनको परिवारसँग एलभीएमएच कम्पनीको ४७ प्रतिशत सेयर हिस्सा रहेको समाचारमा उल्लेख गरिएको छ ।
अर्नल्ट यसअघि पनि २०१९ को डिसेम्बर, २०२० को जनवरी र २०२१ को मे महिनामा गरी तीनपटक सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका थिए । तर, केही समयको अन्तरालमा उनीबाट यो ताज पुनः बेजोसले नै लगेका थिए ।
फ्रान्सका फेसन टाइकून बर्नार्ड अर्नल्टको कम्पनी एलभीएमएचसँग कैयन विश्वचर्चित फेसन ब्राण्डहरु रहेका छन् । फेण्डी, क्रिश्चियन डायर तथा जिभेन्ची जस्ता विश्वस्थापित ब्राण्ड यही कम्पनीका हुन् । एलभीएमएचका प्रमुख ७२ वर्षीय बर्नार्ड लुईविन्ता तथा सेफोराजस्ता ७० ब्राण्डको साम्राज्य सम्हाल्छन् । क्रिश्चियन डायरमा बर्नार्डको ९६.५ प्रतिशत सेयरहिस्सा रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago