काठमाण्डौ । बेलायतमा क्रिप्टोकरेन्सीका सबै एटीएम अवैध रुपमा सञ्चालन रहेको खुलासा भएको छ। योसँगै ती एटीएमहरु बन्द गर्न निर्देशन पनि दिइएको छ।
बेलायतको फाइनान्सिल कन्डक्ट अथोरिटी (एफसीए) ले बेलायतमा क्रिप्टोकरेन्सीसम्बन्धी सेवा प्रदान गर्ने कुनै पनि कम्पनीले क्रिप्टो एटीएम सञ्चालन गर्न अनुमति नलिएको पाइएको जनाएको हो। एफएसीएले ती एटीएम तत्काल बन्द नगरिए कारबाही गरिने चेतावनी पनि दिएको छ।
बेलायतमा ८१ वटा क्रिप्टो एटीएम सञ्चालनमा छन्। ‘हामी उपभोक्ताहरुलाई क्रिप्टोको नियमन भएको छैन र ठूलो जोखिम छ। अर्थात् यदि केही नराम्रो भयो भने लगानीकर्ताले सबै सम्पत्ति गुमाउने सम्भावना हुन्छ भनेर चेतावनी दिइरहेका छौँ’, एफसीएले भनेको छ।
एफसीएले क्रिप्टो व्यापारमा संलग्न भएका तर सम्पत्ति शुद्धीकरण जाँच गर्न नियामक निकायमा आफ्नो व्यवसाय दर्ता नगरेका कम्पनीहरुको सूची पनि प्रकाशित गरेको छ। सूचीमा परेका ११० वटा त्यस्ता कम्पनीको कारोबार रोकिएको एफसीएले स्पष्ट पारेको छ।
क्रिप्टो एटीएमबाट लगानीकर्ताहरुले आफ्नो बैंक कार्ड प्रयोग गरेर क्रिप्टोकरेन्सी किन्न सक्छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19