काठमाण्डौ । बेलायतको सबैभन्दा ठूलो बैंक हङकङ सांघाई बैंकिङ कर्पाेरेशन (एचएसबिसी)ले आफ्ना ३५००० कर्मचारीलाई जागिरबाट हटाउने योजनालाई पुुनः सुुचारु गर्ने जनाएको छ ।
बैंकका नयाँ कार्यकारी प्रमुुख नोइल क्विनले आफ्ना विश्वभरका दुुई लाख पैंतीस हजार कर्मचारीलाई एक सन्देशमार्फत यस्तो जानकारी दिएका हुुन् ।
बैंकले गत फेब्रुुअरी महिनामा कर्मचारी कटौति गर्ने योजना घोषणा गरेको थियो, तर कोरोना महामारीका कारण उक्त योजनालाई थाति राखिएको थियो ।
बैंकले यो निर्णयबाट प्रभावित कर्मचारीका लागि आन्तरिक काम भने खोजिदिने जनाएको छ । महामारीको यो घडीमा आफ्ना कर्मचारीलाई अन्त काम खोज्न बिदा दिन नचाहेको भन्दै बैंकले गत अप्रिल महिनामा कर्मचारी कटौति गर्ने निर्णयलाई तत्काल लागू नगर्ने जनाएको थियो ।
बैंकलाई पुुनरसंरचना गर्ने कार्यक्रम अनुुरुप बैंकले आफ्ना ३५ हजार कर्मचारीलाई कामबाट हटाउने योजना बनाएको थियो । जसअन्तर्गत बैंकले सन् २०२२ भित्र करीब ४.५ बिलियन डलर खर्च कटौति गर्ने उद्देश्य लिएको छ ।
यस्तै बैंकले कम नाफामूलक क्षेत्रलाई पुर्नर्विचार गर्ने जनाएको छ । बैंकको नाफा र विस्तार उच्च विन्दुुमा पुुग्दा बैंकले ३ लाख भन्दा धेरै कर्मचारीलाई भर्ना गरेको थियो । तर सन् २००८ मा देखिएको वैश्विक आर्थिक संकटका कारण बैंकले आफ्ना व्यवसायहरु बिक्री गर्दै विश्वका केही देशहरुबाट बाहिरिएको थियो । सन् २०१६ मा यो सूूचिमा ब्राजिल समेत परेको थियो ।
कोरोनाको महामारीले बैंकले निरन्तर रुपमा घाटा व्यहोरिरहनुु परेको छ । यसका साथै बैंकले राजनीतिक चुुनौतिको सामना समेत गरिरहनुु परिरहेको छ । अमेरिका र चीनको राजनीतिक झमेलाको बीचमा परेका कारण पनि बैंक संकटउन्मुख भएको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago