काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भले केही समयपहिले चौथोपटक ब्याजदर बढाएको छ। यसको असर संसारभरका पुँजीबजारमा परिरहेको अवस्थामा बैंक अफ इंग्ल्यान्डले भने बेलायत लामो मन्दी २०२४ को समरसम्म लामो समय मन्दीमा जान सक्ने चेतावनी दिएको छ। 

बैंक अफ इंग्ल्यान्डले मुद्रास्फीति नियन्त्रणको २.२५ प्रतिशतबाट ब्याजदर ३ प्रतिशत पुर्याएको छ। योसँगै बेलायतको जीडीपीमा पनि धक्का लागेको छ। 

बेलायतमा साँझ प्रकाशित हुने लन्डन इभिनिङ स्ट्यान्डका अनुसार बेलायतको जीडीपी पनि ०.७५ प्रतिशले गिरावट आएको छ। 

बेलायतकै अर्थशास्त्रीहरुले हाल बेलायत २०२२ को मध्यदेखि अर्थतन्त्रमा मन्दी देखिएको र यसको प्रभाव अझै २ वर्ष हुन सक्ने देखिएको छ। –एजेन्सी