काठमाण्डौ । पछिल्लोपल्ट अस्थिर राजनीतिले गाँजेको बेलायतको अर्थतन्त्रमा पनि संकट देखिएको छ।
युक्रेन र रुस युद्धका कारण इनर्जी कस्ट बढ्दा बेलायतमा अक्टोबर महिनादेखि मुद्रास्फीति झनै बढेको छ। विगत १२ महिनामा बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतबाट बढेर ११.१ प्रतिशत पुगेको हो।
हाल बेलायतमा खाद्य तथा ग्यासको मूल्य अत्याधिक मात्रामा बढेको छ। गएको एक वर्षमा ग्यासको मूल्य मात्रै १३० प्रतिशतले बढेको छ भने विद्युको लागत ६६ प्रतिशतले बढेको छ।
केही समयपहिले बैंक अफ इंग्ल्यान्डले सन् २०२४ सम्म मन्दीमा जाने चेतावनी दिएको छ। यही चेतावनीबीच बेलायतका नयाँ अर्थमन्त्रीले आगामी बिहीबार बजेट प्रस्तुत गर्दैछन्।
यसैबीच बेलायतमा लगानीकर्ताहरु बजेटमार्फत प्रस्ट कर तथा अन्य आर्थिक नीतिको माग गरेका छन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19