काठमाण्डौ । आर्थिक मन्दीको चरणमा रहेको बेलायतको अर्थतन्त्रमा सुधार आएसँगै युरोपिली सेयर बजारमा उछाल आएको छ। 

जर्मनीको ड्याक्स बुधबार ८५ अंकको बढोत्तरीका साथ आएर १६३१६ को विन्दु बन्द भएको छ। लन्डनको फुट्सी–१०० मा ४० अंकको बढोत्तरी भएको छ। योसँगै फुट्सी–१०० ७६३५ मा बन्द भएको छ। 

फ्रान्सको क्याक पनि ५३ अंकको बढोत्तरीका साथ ७३४२ मा बन्द भएको छ। इटालीको फुट्सी मिब ३१६ अंकले बढेर २७८८० मा बन्द भएको छ। 

योसँगै युरो बेन्चमार्क इन्डेक्समा पनि बढोत्तरी आएको छ। 

यसरी युरोपिली सेयर बजारमा उछाल आउनुको मुख्य कारण भनेको बेलायतको अर्थतन्त्रमा ०.२ प्रतिशतले बढोत्तरी आउनु हो। योसँगै बेलायतको पाउन्ड स्ट्रलिङ पनि मजबुत बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। 

अन्तर्राष्ट्रिय बजारमा क्रिप्टोकरेन्सी र सुनको मूल्यमा सामान्य बढोत्तरी आएको छ।