काठमाण्डौ । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’भन्ने मूल नाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई बनेका छन् । 

कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरी गत डिसेम्बर १५ देखि  दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो । स्किमअन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीमध्येबाट हरेक दिन पाँचजना भाग्यशाली विजेतालाई प्रति व्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एकजना भाग्याशाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध  गराइएको थियो ।

भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख बिक्रीअधिकृत रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम क्लिक गर्दा संयुक्तअधिराज्य बेलायतबाट नेपालमा आइएमई गरी कूल नेपाली रुपैयाँ ३४ हजार ४ सय ३६ पठाउने आइएमई सेवाग्राही राई भाग्यशाली छनोट भएका छन् । सेवा र शर्त अनुसार सेवाग्राही राई स्वयम् वानीजले सिफारिस गरेको व्यक्तिले उक्त उपहार पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, योजना अवधिमा विदेशस्थित आइएमईका व्यवसायिक साझेदार संस्थाहरु जस्तैः– मनीग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आइएमई गरी नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लालबहादुर गुरुङ्ग भाग्यशाली विजेता छनोट भएका छन् । 

भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम क्लिक गर्दा साइप्रसबाट मनीग्राममार्फत पठाएको पैसा नेपालमा आइएमईमार्फत लिने गुरुङ्ग भाग्यशाली विजेता घोषित भएका हुन् ।