काठमाण्डौ । सार्वजनिक यातायात प्रयोग गर्दा कोरोना संक्रमण बढ्ने जोखिम बढेपछि बेलायतमा लागू गरिएको “साइकल टुु वर्क” भन्ने अवधारणाले साइकलको व्यापारमा व्यापक वृद्धि भएको छ।
यो अवधारणका कारण आपतकालीन सेवामा काम गर्ने कामदारहरुका कारण साइकलको मागमा २०० प्रतिशतको वृद्धि भएको छ। लकडाउनका कारण फेरिएको जीवनशैली र थप गतिशीलता तथा व्यायमको मागका कारण बेलायतभर साइकलको माग ह्वात्तै बढेको छ।
बेलायतमा यतिबेला साइकलको माग यति धेरै बढेको छ कि त्यहाँका केही साइकल स्टोरहरुलाई माग धान्नसमेत गाह्रो परिरहेको छ। बाइसेस्टरमा रहेको ब्रोडरिब साइकल पसलले पहिले सामान्य रुपमा सातामा २०–३० वटा साइकल बिक्री गर्ने गर्दथ्यो। तर म्यानेजर स्टुुअर्ट टेलरका अनुुसार अहिले पसलले दैनिक ५० भन्दा धेरै साइकल बिक्री गरिरहेको छ। यसका साथै साइकलको मागमा पनि दैनिक वृद्धि भइरहेको छ।
बेलायतका अन्य साइकल पसलहरुमा पनि साइकल मागमा अत्यधिक वृद्धि भएको छ। कोरोनाभाइरसका कारण सरकारले सामाजिक दूरी कायम गर्न भनिरहेकाले सर्वसाधारण जनता र अत्यावश्यक काम गर्ने मानिसहरुले सार्वजनिक यातायातको विकल्पका रुपमा साइकलको प्रयोगमा जोड दिइरहेका छन्।
हालै गरिएको एउटा सर्वेक्षणका अनुुसार ६१ प्रतिशत बेलायती नागरिकले आफूहरु लकडाउन अन्त्यपछि पनि सार्वजनिक यातायात प्रयोग गर्नबाट जोगिने बताएका थिए। साइकल स्किमले कर्मचारीहरुलाई कामका लागि साइकल खरिद गर्दा कर छुुट दावि गर्ने सुुविधा दिएको छ। तर व्यस्त सडकमा साइकलयात्रीहरुलाई अप्ठेरो पर्न सक्ने भएकाले दबाब समूह “साइकल युुके” ले साइकल चलाउन र हिँड्नलाई सजिलो होस भनी बेलायतका सहरहरुमा १०० वटा पप अप लेनहरु निर्माण गर्न अनुुसन्धान गर्न सुुझाव दिएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago