काठमाण्डौ । कोरोना भाइरस संक्रमणको शिकार भएर निको भइसकेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिएको एक अन्र्तवार्तामा उपचारको क्रममा डाक्टरहरुले उनको मृत्युुको घोषणाका लागि तयारी गरिसकेको खुुलासा गरेका छन् ।
बेलायति पत्रिका द सनलाई दिएको अन्तर्वार्तामा उनले आफूलाई बचाउनका लागि डाक्टरहरुले धेरै अक्सिजन दिएको पनि बताए । ५५ वर्षीय जोनसनले भने,“त्यो कठिन समय थियो । यसलाइ म नकार्न सक्दिँन । स्टालिनको मृत्युुको जस्तै उनीहरुले मेरो मृत्युुपछिको योजना बनाइसकेका थिए । मेरो अवस्था खासै राम्रो थिएन र मलाई थाहा थियो कि आकस्मिक घटनाका लागि योजना तयार थियो ।”
अहिले कोरोनाबाट मुुक्त भइसकेपछि जोनसनले आफूलाई यदि केही भइहालेको भए के गर्ने भनेर पूरै योजना बनाइसकेको बताएका छन् । उनलाई संक्रमणको अवस्था गम्भीर भएपछि सघन उपचार कक्षमा पनि राखिएको थियो । जोनसनले अस्पतालमा आफ्नो उपचारका क्रममा मोनिटरमा देखाइने इन्डिकेटर लगातार गलत दिशामा गइरहेको थियो भनेर पनि खुलासा गरेका छन् । यसबेला उनलाई कोरोना संक्रमणको कुुनै पनि उपचार सम्भव छैन भनेर लागेको बताए।
गत महिना जोनसनको उपचार सेन्ट थोमस हस्पिटलमा गरिएको थियो । उपचारको क्रममा उनी बारम्बार आफू कहिले यो अवस्थाबाट बाहिर निस्कन्छुु भनेर सोधिरहने गर्दथे । उनी आफ्नो अवस्था कसरी एक्कासी बिग्रियो भनेर सोचमग्न बनेका थिए । “मलाई थाहा छ कि म कति निराश थिएँ । म किन तीव्र रुपमा निको भइरहेको छैन भनेर तनावमा थिएँ ।” जोनसनले भनेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago