काठमाण्डौ । भारतका धनाड्य व्यापारी एवं प्रसिद्ध इन्फोसिस कम्पनीका सहसंस्थापक एनआर नारायण मुर्थीले देश समृद्धिको लागि युवाले सातामा ७० घण्टा काम गर्नुपर्ने बताएका छन् ।
उनले जापान र जर्मनको उदाहरण दिंदै भनेका छन्, ‘दोस्रो विश्व युद्धपछि जापन र जर्मनले जे जसरी विकास गरे त्यो सवै युवाको देन हो ।’
त्यसैले उनी भन्छन्, ‘समृद्ध देश बनाउनका लागि युवाले कडा परिश्रम गर्नु आवश्यक छ ।’ उनले चीनमा भइरहेको औद्योगिक विकास र त्यहाँको प्रगति बारे पनि प्रशंसा गरेका छन् ।
उनले भने, ‘चीनबाट पनि हामीले सिक्नुपर्छ ।’ उनले भनेका छन्- पछिल्लो समयमा चीनमा युवाहरुले विहान ९ बजेदेखि बेलुका ९ बजेसम्म सातामा ६ दिनसम्म काम गरेका छन् ।
त्यही कारण चीनको अर्थतन्त्र बलियो बन्दै गएको छ । भारतको ६ प्रतिशतको आर्थिक बृद्धिको लागि युवाको कडा मेहनत आवश्यक रहेकोमा उनले जोड दिए । उनका अनुसार आजको श्रमशक्तिले वर्क कल्चरमा सुधार गर्नु आवश्यक छ ।
यो भन्दा पहिला उनले सन् २०२० मा हप्तामा ६० घण्टा काम गर्न आवश्यक रहेको सुझाव दिएका थिए । भारतीय उद्योग जगतका धेरैले उनको सुझावलाई समर्थन गरेका थिए । तर सामाजिक सञ्जालहरुमा उनको विरोध भएको थियो । सातामा ७० घण्टाको अर्थ दैनिक १० घण्टा काम गर्नु हो ।यसमा सात दिनमा कुनै दिन छुट्टै विदा सामेल छैन ।
इन्फोसिस कम्पनीका मालिक हुन् । उक्त कम्पनीले सफ्टवयरहरु निर्माण गर्नुका साथै बिक्री वितरण गर्दछ ।
यो भारतको सवैभन्दा ठूलो आईटी कम्पनी हो । व्यापारिक पत्रिका फोर्ब्स प्रकाशित गरेको रिपोर्ट अनुसार उनको नेटवर्थ ४ अर्ब अमेरिकी डलर रहेको छ । उनी बेलायती प्रधानमन्त्री ऋषि सुनकका ससुरा पनि हुन् । १० हजार भारुबाट शुरु भएको उक्त कम्पनीमा ६० हजारभन्दा बढी श्रमशक्ति कार्यरत छ ।
अमेरिकी शेयर बजार सञ्चालक नास्डाकमा भारतको उक्त कम्पनी सूचीकृत हुने पहिलो प्रविधि कम्पनी हो ।-एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19