काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २४औं वर्ष पुरा गरि २५औं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत काठमाण्डौ चावहिलस्थित सरस्वती मन्दिर, काठमाण्डौको न्यूरोडस्थित संकटा मन्दिरमा, बुटवलस्थित दुर्गा मन्दिर तथा बर्दघाटस्थित शिव मन्दिरमा फर्निचर तथा डस्टविन वितरण गरेको छ ।

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहभागिता जनाउदै आईरहेको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ  ।

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।