– रेखा चन्द

काठमाण्डौ । नेपालका ७५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएको छ। गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०७९ असार मसान्तसम्ममा ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भइसकको बताएका हुन्। 

राष्ट्र बैंकका प्रवक्ता गुुणाकर भट्टका अनुुसार अब बझाङको साइपाल गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको हो। यसअघि साइपालसहित धादिङको रुबिभ्याली गाउँपालिका र जाजरकोटको जुनीचाँदे गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुुग्न सकेका थिएनन्। असार मसान्तसम्म आउँदा रुबिभ्याली र जुनीचाँदेमा बैंकका शाखा पुुगेको प्रवक्ता भट्टले बताए। 

सबै स्थानीय तहमा वाणिज्य बैंकको कम्तीमा एक शाखा विस्तार गर्ने राष्ट्र बैंकको नीतिबमोजिम हालसम्म पनि सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङ जिल्लाको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुग्न नसकेको हो। 

त्यसो त साइपालमा एभरेष्ट बैंकले शाखा खोल्ने जिम्मा पाएको थियो। बैंकले विद्युत, इन्टरनेट, टेलिफोन रसडकलगायतको समस्याका कारण देखाउँदै शाखा खोल्न नसकेको जनाइएको छ। 

साइपालका बासिन्दालाई भने स–सानो रकम जम्मा गर्न होस् वा निकाल्न होस् अर्को गाउँपालिका जानुपर्ने बाध्यता छ। जिम्मा पाएको बैंकले समयमै शाखा नखोल्दा त्यहाँका नागरिकलाई बैंकिङ सेवा लिन निकै सकस छ। घन्टौँ हिँडेर अर्को गाउँपालिकासम्म जाँदा पनि पालो नपाइने र भुुक्तानी नपाईनेलगायतका गुुनासो सेवाग्राहीको छ। 

सेवाग्राही ३ देखि ४ दिन पैदल हिँडेर सदरमुुकाम चैनपुुरबाट बैंकिङ सेवा लिन बाध्य रहेको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा बताउँछन्। ‘यहाँका नागरिकले ३ देखि ४ दिनको बाटो हिँडेर सदरमुुकाम चैनपुुरबाट बैंकिङ सेवा लिइरहेको अवस्था छ’, उनले बिजशालासँग भने, ‘अहिले गाडी तलकोटसम्म पुुगेकाले केही सहज छ तर पैदल हिँडेर जानेहरुले ३–४ दिनको बाटो हिँड्नुपर्ने हुुनाले गाह्रो छ। 

अध्यक्ष बोहराले वृृद्धवृदाहरुको भत्ता भने सचिवमार्फत रमक निकालेर गाउँपालिकाले प्रत्येकको घरघरमा गएर बुुझाइरहेको बताए। अहिले इन्टरनेट, सञ्चार, टेलिफोन, बाटोलगायतको समस्या रहेको उल्लेख गर्दै उनले त्यो समस्यालाई समाधार गरी एभरेष्ट बैंकलाई ताकेता गरी बैंक गाउँपालिकामा पुुर्याउने योजनामा गाउँपालिका रहेको बताए। 

यस्तै अध्यक्ष बोहराले केही समयअघि गाउँपालिकामा लुुटेराद्वारा रकम लुुट्ने प्रयास भएको र स्थानीयले लुटेराका समूहलाई तिरबितर बनाएको पनि बताए। कोरोनापछि त्यति पर्यटक नआएको र आएका पर्यटकलाई पनि अप्ठ्यरो अवस्था नभएको उनको भनाइ छ। 

साइपालमा ४५० घरधुरी छन्। त्यहाँका ३ हजार मानिस बैंकिङ पहुँचबाट टाढा छन्। 

राष्ट्र बैंकको २०७९ असार मसान्तको तथ्यांकअनुुसार वित्तीय पहुँच बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार ६८३ रहेकोमा २०७९ असार मसान्तमा ११ हजार ५२८ पुगेको छ। शाखा विस्तारसँगै उक्त अवधिमा प्रतिबैंक शाखा जनसंख्या २ हजार ८४४ बाट घटेर २ हजार ५३२ कायम भएको छ।